आफुले नजानेका कुरा सिक्न कहिल्यै लाज नमान्नुहोस। जती आफुमा त्यो काम प्रति ज्ञान बढेरर जान्छ त्यती नै काम गर्न र लक्ष पाउन सहज हुन्छ। त्यसैले आफुलाई जहिले पनी ज्ञानको भोको मानिसको रुपमा प्रस्तुत गर्नु होस।Thanks

   
 
  गुँड

जुनको आधा-आधीतिरको कुनै घमाइलो दिन थियो, बिदाको दिन हुनाले म अलि ढिला उठेको
थिएँ। बाहिर बरण्डामा एकजोडी परेवा थिए। यता परेवा धेरै देखिएपनि आफ्नै बरण्डामा
अहिलेसम्म देखेको थिईँन।

एक-दुई दिनपछि अड्डा जाँदै गर्दा बाटोको एउटा घर बाहिर एकजना  बृद्ध गाउको हजुरआमा आफ्नो एक
हातमा एउटा परेवा राखेर अर्को हातमा रहेको चारा खुवाईरहेका थिए। मलाई पनि त्यस्तै
गर्ने रहर जाग्यो तर मलाई थाहा थियो मेरो बरण्डामा आउने परेवाहरु त्यसरी सजिलै मेरो
हातमा आउनेछैनन् किनभने त्यस्तो हुनका लागि परेवासंग गहिरो आत्मीयता बनिसकेको
हुनुपर्छ। भोलिपल्ट बरण्डामा अलिकति चामल छरिदिएँ मैले। त्यसपछि हरेक दिन बिहान
अलिअलि चामल छरिरहेछु परेवाका लागि। चामल छरेपछि ह्वार्र्--- आउने परेवाको बथान
देखेपछि मन साँच्चिनै शान्त हुन्छ।

एक दिन देखें एउटा परेवा कतैबाट ल्याएको सिन्का मुखले च्यापेर बरण्डामा बसिरहेको
थियो। "गुँड बनाउँदै छ जस्तो छ!" भन्ने आयो मनमा, कता बनाऊँदैछ भनेर खोजिन । जुन २२
को बिहान परेवा बरण्डाको एक छेऊमा रहेको एअर-कण्डिशनर यूनिटमा छेलिएर बसिरहेको
देखें। पहिला पनि देखेको थिएं र चारो खोजिरहेको होला भनेर त्यति वास्ता गरेको
थिईँन। हेरेको, परेवाले गुँड बनाईसकेछ। बेलुका फर्केर आएपछि फेरि हेरेको, एउटा फुल
थपिएछ दिऊँसो। त्यसको भोलिपल्ट हेर्दा दुईटा फुल थिए। परेवा फुल कुरेर बसिरहेको
थियो र म नजिक गएपछि भुर्र--- उडेर नजिकको सुन्तलाको रुखमा गएर बस्यो। यो अवश्थाको
परेवालाई ब्यबधान खडा गर्नु उचित नलागेर फोटो लिनेतिर लागिँन। साँझमा भने नजिकै गएर
हेर्दा पनि परेवा भागेन।






 

परेवा र परेवाको गुँडले बाल्यकालको एउटा घटनाको याद गाढा भएर आयो। हाम्रो घरको
बाँसको दलिनमा कुमालकोटीले गुँड बनाएको थियो। म त्यतिखेर 4 कि 5 मा पढ्थें। एक दिन
दिऊँसो मैले कुमालकोटीको गुँड लठ्ठीले घोचेर भत्काईदिएँ। राती धेरै बेरसम्म
कुमालकोटी भुन्भुनाएर आफ्नो घर भएको ठाऊँमा रोईरहेको थियो। मलाई साह्रै पछुतो
लागेको थियो त्यतिबेलै। तर म कुमालकोटीलाई तुरुन्तै घर बनाएर दिन सक्दिंनथे!
कुमालकोटीको कति समयदेखिको श्रम र सपनालाई मैले एक निमेषमा ध्वस्त बनाईदिएको थिएँ।
मेरो छुकछुके बाल्यकालमा घटेको त्यो घटनाको लागि म आजसम्म पनि पछुताईरहेछु।
तपाईँलाई पत्यार नलाग्न सक्छ तर हरेक दिन एक पटक र कहिलेकाहीँ त धेरै पटक त्यो घटना
मेरो मनमा आएकै हुन्छ, मलाई पश्चातापले गलाएकै हुन्छ।

सानो होस् या ठूलो, हरेक जीवको गुँड उसका सपनाहरुले बनेको हुन्छ, उसले तिनै
सपनाहरुका भित्तामा अडेस लगाएर, सपनाहरुमाथि सुतेर र सपनाहरुमाथि नाचेर आफूलाई
सुरक्षित ठानेको हुन्छ। आफ्नो जीवनलाई भविष्यसम्म तन्काउन र आफ्ना अधूरा सपनाहरु
प्रक्षेपण गर्नका लागि नयाँ पुस्ता पनि उसले त्यहि गुँडमा हुर्काऊँछ। त्यस्तो त्यो
गुँड भत्कँदा कोहि किन नरोओस्!

हाम्रो मनमा कुमालकोटीको छवि कुनै हानी नगर्ने सुधो जीवको भएर पनि होला, त्यो
घटनाले ममा यस्तरी छाप छोडेको। नत्र त जानीजानी घर नजिकका अरिंगाल वा बारुलाका
गोलामा आगो लगाऊँदा वा स्प्रे हानेर साङ्गला संहार गर्दा कहिल्यै पछुतो लागेन।
जिन्दगीमा जानी-नजानी अरु कति स-साना जीवको पनि गुँड भत्काईन्छ होला।

अब लागौं परेवातिरै। परेवा धेरै दिनसम्म फुललाई ढाकेर बसेको देखिन्थ्यो। हामी
परेवाको नजिकै पर्नेगरी चारा छर्दिन्थ्यौं। मैले बबीता दिदि लाई देखाईंन, लठ्ठीले
घोचेर परेवालाई सास्ती देली फेरि भनेर। जुलाई ८ सम्म पनि परेवा फुललाई ढाकेर
बसिरहेको थियो, त्यसपछि केहि दिन त्यति ध्यान गएन।

जुलाई १४ को साँझ परेवा नभएको मौकामा हेर्दा भने एउटा बच्चा र एउटा फुल देखियो।
बच्चा झुसिलो देखिन्थ्यो, एक-दुई दिनको भईसकेको हुनुपर्छ। एउटा मात्रै बच्चा
कोरलिएको (?) देख्दा अचम्म लाग्यो। परेवाको जीवन-चक्र/प्रजनन चक्रका बरेमा मसंग
खासै ज्ञान छैन। समय निकालेर अलि-अलि यसबारेमा पढ्नुपर्ला जस्तो लागेको थियो, त्यो
'समय' खासै धेरै जुरेन। जति पढियो तिनको आधारमा बुझ्दा, परेवाले सामन्यतया दुईटा
फुल पार्ने रहेछ। दुईटा फुलबाट केहि दिनको अन्तरमा चल्ला निक्लने रहेछन् कि कुन्नि,
त्यो कुरो भने बुझिएन।



यस्तै फुलको सुरक्षा गर्न र चल्ला (?)हुर्काउन भाले-पोथी दुबै लाग्छन् रे। त्यसकारण
मैले हरेक दिन देख्ने फुल छोपेर बसेको परेवा पोथिमात्रै नभएर भाले वा पोथी कुनै पनि
हुन सक्थ्यो। भाले र पोथीको शारीरिक बनौटमा हुने फरक पनि अलि-अलि पढेको हुँ तर
त्यतिका भरमा खुट्याउन सकिँन।

जुलाई १९ मा यस्तो भएको छ परेवाको त्यो बच्चा वा चल्ला, जे भनिन्छ। माउको रंगमा
ढल्दै आएको देखिन्छ। साँझ-बिहान हामीले हेर्दा माऊ भने देखिएको थिएन।



एउटा फुल भने अझै जस्ताको तस्तै छ। त्यो फुल पूरै विकसित नभएकोले बच्चा ननिक्लिएको
होला शायद।

त्यसपछि पनि हरेक दिन बिहान र साँझ घर फर्केपछि परेवाको बच्चा हेर्ने काम नियमितनै
रह्यो। हामीले हेर्दा माऊ नदेखिएपनि बिहान सबेरै भने पखेटा फडफडाएको आवाज
सुनिन्थ्यो, त्यस्तै रात परेपछि परेवा घुरेको र बच्चो चीं--चीं गरेको सुनिन्थ्यो।
त्यसैले रातभरि पक्का पनि माऊ पनि हुन्थ्यो होला। दिऊँसो हामी नहुँदा पनि चारा
बोकेर आऊँथ्यो होला।

जुलाई २५को यो फोटोमा त वयस्क परेवाजस्तै देखिएको छ र गुँडभित्रै ठाऊँ सरेर बस्न
थालेको देखिन्छ।



जुलाई २९ मा नजिकैको ब्लकमाथि चढेर बसेको छ। साहसिक यात्राको पहिलो प्रयास होला यो
उस्को! जुलाई ३१ मा हेर्दा फेरि पहिलेकै ठाऊँमा देखिन्छ। अब त टाउको पनि पूरै कालो
भईसकेछ।

 

यो लेखिरहँदा, एक छिन पहिला एक पटक हेर्न पुगेको थिएँ। माऊ-बच्चा भलाकुसारी गर्दै
थिए। मैले झ्याल खोल्दाको आवाजले गर्दा माऊ भुर्र्---- उड्यो। बच्चो अँध्यारो
ठाऊँमा थियो, राम्रो फोटो खिच्न सकिएन। रंग-ढंग र बसाई पूरै माऊको जस्तो थियो र
तुरुन्तै उड्ला जस्तो लाग्थ्यो।

आजभोलिनै उड्ला शायद। यसरी परेवाको एउटा पुस्ता हुर्काउने काम सफलतापूर्वक सम्पन्न
हुनेछ।

परेवाले एकचोटि बनाएको आफ्नो गुँडलाई के गर्छ, मलाई थाहा छैन; तर हाम्रो गुँडको एक
छेऊमा खडा यो गुँडको भविष्य भने अब उसको वशमा छैन।

'माहोबादी ले की घर छोडोस की ८ भाई मा १ भाई हामीलाई  देयोस भनी आदेस आयो,  यो घर छोडुन' भनेर हामीलाई धेरै पहिला सूचना आईसकेको थीयो। ,इटहरी मा पनि तेस्तो  समस्या छैन।तर
नयाँ घर-नयाँ गुँड खोज्नु एउटा झञ्झट हो र पोका-पन्तरा सार्नु झन् महाझञ्झट! तर
गुँडविना जिन्दगी चल्दैन!

हामी नयाँ गुँडमा जाऊँला, परेवाले नयाँ गुँड बनाऊलान्।

आ-आफ्ना गुँडमा हामी आ-आफ्ना सपनाहरुमा अडेस लगाएर र आ-आफ्ना सपनाहरुसंग नाचेर
आ-आफ्ना जिन्दगी बिताऊनेछौं।

कसैले एउटैमा जिन्दगी कटाऊलान्, कसैको जिन्दगी धेरैमा बाँडिएर कट्ला; तर जिन्दगी
भनेको गुँड हो, सिर्फ गुँड, टाउको लुकाउने गुँड।


 
 
Click
 

Coming soon
News
आफु जलेर उज्यालो दिने मैन बत्ति, टाढा टाढाबाट विभिन्न फूलका रस बटुलेर मह बनाउने माहुरी अनि समुहमा मिलेर काम गर्ने कमिलाबाट हामीपनि केहि सिक्न खोजौं
......
.....

धन्यवाद
 
News
♥♥Look and Learn♥मा नयाँ कुरा हेर्न नभुल्नुहोस् अरु चाडै आउदैछन
......
.....

धन्यवाद देव कुमार ।
 
DEV KUMAR


सधै उचाईमा पुग्ने ईच्छा पाल्नुहोस
 

उद्येश्य के लिनु उडी छुनु चन्द्र एक" भने झैं सधै उचाईमा पुग्ने आकांक्षा राख्नुहोस र सकेसम्म आफुलाई उचाईमा पुर्याउने कोसिस गर्नुहोस साथै आफ्नो चाहना अनुरुपको र त्यही स्तरको काम गर्दै जानुहोस।

तपाईंका कुराहरु राखनुस्

_________________
खुसी रहने कोसिस गर्नुहोस:
 

आफुले चाहेको चिज नपाएमा पनी आफुलाई दुखी वा केही गर्न नसक्ने मानिसको रुपमा कहिल्यै नउभ्याउनुहोस। आफुले गरेको मेहनत र पाएको फलमा सधै सन्तुष्ट हुन सिक्नुहोस तर आफ्नो काम नियमित गर्न नछोड्नुहोस। कुनै कुरा पनी सिक्न पछी नपर्नुहोस: आफुले नजानेका कुरा सिक्न कहिल्यै लाज नमान्नुहोस। जती आफुमा त्यो काम प्रति ज्ञान बढेरर जान्छ त्यती नै काम गर्न र लक्ष पाउन सहज हुन्छ। त्यसैले आफुलाई जहिले पनी ज्ञानको भोको मानिसको रुपमा प्रस्तुत गर्नु होस। देव कुमार असम्भव केही पनी छैन: संसारमा असम्भव भन्ने केही छैन र मैले गर्न लागेको काम असम्भव अवश्य छैन भन्ने विचार मनमा राख्नु होस। तपाई आफ्नो काममा मन लगाएर र आफ्नो पुरा शक्ति लगाएर गर्नु भएमा जस्तो सुकै काम पनी पुरा गर्न सक्नुहुन्छ। अरुलाई असम्भव लागेका कुराहरु तपाईले पनी गर्न सक्नुहुन्छ।

आवश्यकता छ त कर्म को , श्रम , परिश्रम र साहसको । हामी सबै थोक पाउन सक्छौ । सबै थोक हाम्रो भाग्यमा लेखिएको छ । आफ्नो भाग्य बिधाता हामी आफु स्वयम हौ । हामी आफ्नो भाग्य स्व्यमले बनाउन र बिगार्न सक्छौ । अत मैदानमा आउनुहोस् , बिना संघर्ष युद्दमा केही पाईदैन । यदि हामी सँग श्रम छ, साहस छ भने हामी सबै पाउन सक्छौ । जसको लठ्ठी उसैको भैंसी भनेझै जसको कर्म उसैलाई फल । हामीले आँफै यि कुरामा बिचार गरौ निर्णय गरौ र आफ्नो सामर्थ्य बाटै सफलता प्राप्त गरौ ।

______________
 
14240 visitors (73021 hits)

 



 
www.bigoo.wswww.bigoo.wswww.bigoo.ws        

  ____ सधै उचाईमा पुग्ने ईच्छा पाल्नुहोस _____________________________________

नेपाली यूनीकोडमा टाईप गर्ने सजिलो तरीका

नमस्ते देवकोWebsiteमा नेपालीमा लेख्दा लेख्दै अंग्रेजी लेख्नु परेमा अनि अंग्रेजी लेखिसकेपछि फेरी नेपाली लेख्नु परेमा Ctrl+g थिच्नुहोस





 


 
This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free