आफुले नजानेका कुरा सिक्न कहिल्यै लाज नमान्नुहोस। जती आफुमा त्यो काम प्रति ज्ञान बढेरर जान्छ त्यती नै काम गर्न र लक्ष पाउन सहज हुन्छ। त्यसैले आफुलाई जहिले पनी ज्ञानको भोको मानिसको रुपमा प्रस्तुत गर्नु होस।Thanks

   
 
  जोक्स

⇒एउटा गधा : यार मेरो मालिकले मलाई सधैं कुट्ने गर्छ । दोश्रो गधा : त्यसो भए तिमी किन भागेर जादैनौ त ? पहिलो गधा : भागेर त जान्थे तर यहाँ भबिस्य राम्रो देखेर भाग्न मन छैन , मालिकको राम्री छोरीले जब जब केही बदमासी गर्छ तब तब मालिकले यो भन्ने गर्छ " धेरै बदमासी गर्यौ भने तिम्रो बिहे गधा सँग गरिदिन्छु" बस यही आशामा बसेको छु यार ...

⇒एक जोडीले आत्महत्या गर्ने निर्णय गरेछ र धरहरा बाट पहिला प्रेमीले हामफालेछ । त्यतिकैमा प्रेमिकाले आँखा बन्द गरेछ र भनेछ " माया त अन्धो हुन्छ " र फर्केर गईछ । यो देखेर प्रेमीले पनि यो भन्दै आफ्नो प्याराशुट खोलेछ " माया त कहिले पनि मर्दैन " ।

⇒पत्नी : तपाईं सार्है मोटो हुनु भयो । पति : तिमी पनि त मोटी भयौ नि । पत्नी : म त आमा बन्ने वाला छु नि त । पति : म पनि त बुवा बन्ने वाला छु नि ।

⇒विद्यार्थी : मिस तपाईं पहिलो जन्ममा कुखुरी हुनु हुन्थ्यो हो ? मिस : (रिसाउदै), किन र ? विद्यार्थी : तपाईंले जहिले पनि मलाई टेस्ट पेपरमा अण्डा दिनु हुन्छ त्यसैले ।

⇒( पति र पत्नी मन्दिर गएर फर्किदै ) पति : तिमीले भगवान सँग के माग्यौ ? पत्नी : तपाईं र सात जनम सम्म सँगै हुन पाउँ , अनी तपाईंले के माग्नु भयो नि ? पति : यो हाम्रो सातौँ जन्म होस्

⇒एउटा मान्छे प्याराशुट बेच्दै : प्लेन बाट हामफाल्नुहोस्, एउटा बटन थिच्नुहोस् र जमिनमा safely ल्यान्ड हुनुहोस् । ग्राहक : यदि बटन थिच्ने बेलामा प्याराशुट खुलेन भने ? प्याराशुट बेच्ने मान्छे : खुलेन भने तिम्रो पैसा फिर्ता ..........

⇒शिक्षक : हामीले लाम्खुट्टेहरु जन्मिन बाट रोक्नु पर्छ । विद्यार्थी : त्यो त हुन नै सक्दैन । शिक्षक : किन ? विद्यार्थी : किन भने यस्तो सानो कन्डम बन्न नै सक्दैन ।

⇒जज : (चोर सँग) तिमी कसरी पक्राउ पर्यौ ? चोर : एका बिहानै सपिङग गरेर । जज : यो त कुनै अपराध भएन त, अनि बिहान कति बजे तिर नि ? चोर : पसल खुल्नु भन्दा अगाडि ...

⇒बिरामी : डाक्टर साब, मलाई भुल्ने बिमारी छ । डाक्टर : कहिले देखि यो बिमारी लाग्यो ? बिरामी : कुन बिमारी डाक्टर : भुल्ने बिमारी क्या ... बिरामी : त्यो त भुलेँ डाक्टर : ( औषधीको नाम लेखेर ) ल यो औषधी किनेर खानु । ( भोली पल्ट ) तपाईंले लेखेर दिएको औषधी त कही पाइएन डाक्टर साब .. डाक्टर : ( प्रेस्क्रिप्शन हेर्दै ), हत्तेरिका मैले त औषधीको नामनै लेख्न बिर्सेंछु , यो त मेरो सिग्नेचर हो । ⇒श्याम : आज मैले रेखा थापा सँग फोनमा कुरा गरे नि । राम : हो र ? मलाई त विश्वाश लागेन । श्याम : भगवान कशम , कुरा गरेकै हो । राम : ल ल ठीक छ अनी उनले के भनी त ? श्याम : रङग नम्बर ... ⇒राम : ओए, उ त्यो केटी हेर त कस्ती छे ? श्याम : निकै राम्री छे राम : यदि मौका पायौ भने बिहे गर्छौ त ? श्याम : मौका मिल्छ भने बिहे किन गर्नु नि ??

⇒बिरामी पति : मलाई जनावरको डाक्टरको मा लैजाउ । पत्नी : किन र ? पति : सधैं बिहान भाले जस्तो उठ्छु, घोडा जस्तो कुदेर अफिस जान्छु, गधा जस्तो काम गर्छु, घर आएर कुकुर जस्तो सबैलाई भुक्छु र राती भैंसी सँग सुत्छु ।

⇒बिरामी डाक्टर सँग तपाईंले नर्स एकदम राम्रो राख्नु भएको रहेछ, उसको हात लाग्ने बित्तिकै म ठीक भएँ । डाक्टर : मलाई थाहा छ , थप्पडको आवाज मैले पनि सुनेको थिए ।

⇒माग्ने : ओ सुन्दरी, अन्धो छु , पाँच रुपयाँ दिनुहोस । ( पति पत्नी सँग ) देउ देउ, तिमीलाई सुन्दरी देख् ने यो अबस्य पनि अन्धो नै होला । पत्नी : एउटा कुरा भनौ ? पति : भन न पत्नी : रिसाउन त रिसाउदैनौ नि ? पति : रिसाउदिन, भन न पत्नी : कुट्न त कुट्दैनौ नि ? पति : केही गर्दिन भन न के कुरा हो ? पत्नी : म Pregnant छु पति : ( खुशी हुँदै ) यो त खुशी को कुरा हो तर तिमी किन डराईरहेकी थियौ ? पत्नी : कलेजको टाइममा मैले यही कुरा बुवालाई भनेको थिए, त्यती खेर धेरै गाली अनी कुटाइ खाएको थिए त्यसैले ...

⇒छोरा : मम्मी तपाईंलाई त्यो प्लेट याद छ ? जुन प्लेटको बारेमा हजुर सधैं टेन्सनमा रहनु हुन्थ्यो कि कही प्लेट फुट्ने त हैन भनेर । मम्मी : याद छ छोरा, तर किन र ? छोरा : मम्मी, सम्झिनुस् आज देखी तपाईंको टेन्सन समाप्त भयो ।

⇒स्कुलको एउटा बिल्डिङग मा आगो लागेछ । स्कुलको सबै बच्चा टाढा बाट हेर्दै "ल अब स्कुल आउनु परेन" भन्दै खुशी हुँदै थियो । तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो । मास्टरले सोधेछ : बाबु तिमी किन उदास छौ ? बाँकी सबै त खुशी भईराखेको छ त । बच्चा : तर सर तपाईं त जिउदो बच्नु भयो । ल हजुरहरु हाँस्दै गर्नुस् म् हजुर हरुलाई हशाउने कोशीस गर्ने छु देव कुमार

 
Click
 

Coming soon
News
आफु जलेर उज्यालो दिने मैन बत्ति, टाढा टाढाबाट विभिन्न फूलका रस बटुलेर मह बनाउने माहुरी अनि समुहमा मिलेर काम गर्ने कमिलाबाट हामीपनि केहि सिक्न खोजौं
......
.....

धन्यवाद
 
News
♥♥Look and Learn♥मा नयाँ कुरा हेर्न नभुल्नुहोस् अरु चाडै आउदैछन
......
.....

धन्यवाद देव कुमार ।
 
DEV KUMAR


सधै उचाईमा पुग्ने ईच्छा पाल्नुहोस
 

उद्येश्य के लिनु उडी छुनु चन्द्र एक" भने झैं सधै उचाईमा पुग्ने आकांक्षा राख्नुहोस र सकेसम्म आफुलाई उचाईमा पुर्याउने कोसिस गर्नुहोस साथै आफ्नो चाहना अनुरुपको र त्यही स्तरको काम गर्दै जानुहोस।

तपाईंका कुराहरु राखनुस्

_________________
खुसी रहने कोसिस गर्नुहोस:
 

आफुले चाहेको चिज नपाएमा पनी आफुलाई दुखी वा केही गर्न नसक्ने मानिसको रुपमा कहिल्यै नउभ्याउनुहोस। आफुले गरेको मेहनत र पाएको फलमा सधै सन्तुष्ट हुन सिक्नुहोस तर आफ्नो काम नियमित गर्न नछोड्नुहोस। कुनै कुरा पनी सिक्न पछी नपर्नुहोस: आफुले नजानेका कुरा सिक्न कहिल्यै लाज नमान्नुहोस। जती आफुमा त्यो काम प्रति ज्ञान बढेरर जान्छ त्यती नै काम गर्न र लक्ष पाउन सहज हुन्छ। त्यसैले आफुलाई जहिले पनी ज्ञानको भोको मानिसको रुपमा प्रस्तुत गर्नु होस। देव कुमार असम्भव केही पनी छैन: संसारमा असम्भव भन्ने केही छैन र मैले गर्न लागेको काम असम्भव अवश्य छैन भन्ने विचार मनमा राख्नु होस। तपाई आफ्नो काममा मन लगाएर र आफ्नो पुरा शक्ति लगाएर गर्नु भएमा जस्तो सुकै काम पनी पुरा गर्न सक्नुहुन्छ। अरुलाई असम्भव लागेका कुराहरु तपाईले पनी गर्न सक्नुहुन्छ।

आवश्यकता छ त कर्म को , श्रम , परिश्रम र साहसको । हामी सबै थोक पाउन सक्छौ । सबै थोक हाम्रो भाग्यमा लेखिएको छ । आफ्नो भाग्य बिधाता हामी आफु स्वयम हौ । हामी आफ्नो भाग्य स्व्यमले बनाउन र बिगार्न सक्छौ । अत मैदानमा आउनुहोस् , बिना संघर्ष युद्दमा केही पाईदैन । यदि हामी सँग श्रम छ, साहस छ भने हामी सबै पाउन सक्छौ । जसको लठ्ठी उसैको भैंसी भनेझै जसको कर्म उसैलाई फल । हामीले आँफै यि कुरामा बिचार गरौ निर्णय गरौ र आफ्नो सामर्थ्य बाटै सफलता प्राप्त गरौ ।

______________
 
14241 visitors (73022 hits)

 



 
www.bigoo.wswww.bigoo.wswww.bigoo.ws        

  ____ सधै उचाईमा पुग्ने ईच्छा पाल्नुहोस _____________________________________

नेपाली यूनीकोडमा टाईप गर्ने सजिलो तरीका

नमस्ते देवकोWebsiteमा नेपालीमा लेख्दा लेख्दै अंग्रेजी लेख्नु परेमा अनि अंग्रेजी लेखिसकेपछि फेरी नेपाली लेख्नु परेमा Ctrl+g थिच्नुहोस





 


 
This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free